
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताको हात समातेर दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुख्यमन्त्री निवासमा आयोजित जनसुनुवाइ कार्यक्रमका बेला एकजना व्यक्तिले उनको हात समातेर आफूतिर तान्न खोजेका थिए । त्यसक्रममा धक्कामुक्का पनि भएको पीटीआईले जनाएको छ ।
ती व्यक्ति ४१ वर्षीय राजेशभाइ सकरिया रहेको दिल्ली प्रहरीले जनाएको छ । बीजेपी दिल्लीका अध्यक्ष वीरेन्द्र सचदेवाका अनुसार हमला गर्ने व्यक्तिको बारेमा धेरै जानकारी प्राप्त भएको छैन ।







Facebook Comments