बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा १५ जना शिक्षकहरू घाइते भएको शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले बताए ।

काठमाडौं। आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन् । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।  शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लैजान लागिएको बताए ।

‘अहिले घाइते शिक्षकहरूलाई सिभिलमा ल्याएका छौँ । जटिल भएकालाई यहाँबाट ट्रमा लैजाने तयारी भइरहेको छ,’ उनले भने । प्रहरी र शिक्षकबीच बानेश्वरमा झडप भएको थियो । झडपका क्रममा १५ जना बढी शिक्षक घाइते भएका छन् । घाइतेहरूको विवरण संकल गर्ने काम भइरहेको छ ।