काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका छन्।

एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने’ जानकारी गराए।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो।