मलंगवा । सर्लाहीको बिष्ण गाउँपालिका- ३ मधुवन गोठमा एकजनाले आफ्नै भाइबुहारीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । अन्दाजी ४० वर्षीय साहेब पासवानले आफ्नै भाइ गजेन्द्र पासवानको ३६ वर्षीया श्रीमती रेनु देवी पासवानको हत्या गरेको खुलेको छ।

घरायसी विवादका कारण साहेबले हतियार फर्सा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । धारिलो हतियारले हात,मुख र घाटीमा प्रहार गर्दा रेनुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।

हत्या गर्ने साहेबलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।