काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा घोडाले आक्रमण गर्दा एक जना पैदल यात्री घाइते भएका छन् ।घाइते हुनेमा गोकर्णेश्वर नगरपालिका-८ स्थित माकलबारीकी ५२ वर्षीया एक महिला रहेकी छन् ।

दोलखाको जिरी नगर पालिका-८ घरभई माकलबारी बस्ने १६ वर्षीय एक पुरुषले चराउन ल्याएको घोडाले माकलबारी सडकखण्डमा हिँडिरहेकी ती महिलालाई आक्रमण गरेको थियो ।
घोडाले खुट्टा प्रहार गर्दा घाइते भएकी ती महिलालाई उपचारका लागि सानेपास्थित मेडीसिटी अस्पताला पठाइएको थियो ।

टाउको र हातमा चोट लागेकी ती महिला उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । महिलामाथि आक्रमण गर्ने घोडा र घोडा चराउन ल्याउने व्यकित माकलबारी प्रहरीको नियन्त्रणमा रहेको रघटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।