काठमाडौँ । गृह मन्त्रालयले उपत्यकाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरूको सरुवा गरिएको छ ।

मन्त्रालयले बुधबार काठमाडौँ,ललितपुर र भक्तपुरका सीडीओहरुको परिवर्तन गरेको हो ।

काठमाडौँको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बनाएर पठाइएको छ । ललितपुरमा सहसचिव सुमन घिमिरेलाई सीडीओ बनाइँदा भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।

मन्त्रालयले उनीहरूसहित अन्य सहसचिवहरूको समेत सरुवा गरेको हो । 

काठमाडौंमा सिडिओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा सरूवा गरिएको छ।

मन्त्रालयले सहसचिव रहने जिल्लाहरू दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी, धनकुटा, ओखलढुंगा, बाराका सिडिओ पनि परिवर्तन गरेको छ।

पर्सा, दाङ, सिरहा र धादिङमा पनि सिडिओ हेरफेर भएका छन्।

गृहले २४ जना उपसचिवको पनि सरूवा गरेको छ।

उपसचिव रहने १२ वटा जिल्लाका सिडिओहरू गृहले परिवर्तन गरेको हो।