
काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति आफूले पत्रिका पढेर मात्रै थाहा पाएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीले निर्णय गरेपनि फरक मत भएपछि सरकारलाई सफल बनाउनको लागि आफूले काम गरिरहेको बताए ।
उनले भने, ‘फागुन महिनासम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ । सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो । अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु, कांग्रेसको जिम्मेवार पदाधिकारी पनि छु । त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु ।’
उनले सरकारलाई सफल बनाउनको लागि बन्द कोठामा प्रधानमन्त्री केपी ओलीदेखि पार्टी सभापति शेरबहादुर देउवासम्मलाई निरन्तर दबाब दिइरहेको पनि बताए ।
उनले थपे, ‘मैले भनेको कुरा बन्द कोठामा भन्दा नसुनेपछि कतिपय कुरा बाहिर ल्याउन आवश्यक ठान्छु । बाहिर भनियो भने बन्द कोठामा भएको छलफललाई दबाब दिन्छ भन्ने ठान्छु । त्यसैले सरकारलाई सफल बनाउनको लागि कांग्रेस नचुकिकन लाग्छ।’







Facebook Comments