काठमाडौँ । डेंगी रोग नियन्त्रणको लागि काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहान काठमाडौँमा ‘वाक एण्ड  एक्ट’ अभियानमा संचालन गरेको छ।

डेंगी रोगविरुद्ध सेचना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। डेंगी रोग नियन्त्रण सम्बन्धी सचेतना एवं लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने उद्देश्यले ‘वाक एण्ड  एक्ट’अभियान सञ्चालन गरिएको हो।  

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभाग, नगर कार्यपालिकाको कार्यालय, वागमती प्रदेशको आयोजनामा शुक्रबार बिहान राष्ट्रिय सभागृहबाट अभियान सुरु गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गएको साउन महिनालाई डेंगी रोग सचेतना महिनाको रुपमा मनाउने निर्णय गरेको थियो। काडमाडौँ महानगरपालिकाले समेत हरेक साताको शुक्रबार लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने कार्य गर्दै आएको छ।

सो कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यले नगरवासीहरुलाई सचेत गराउने उद्देश्यले महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगी रोगको रोकथाम तथा नियन्त्रणको लागि ‘वाक एण्ड  एक्ट मेगा अभियान संचालन सुरु गरिएको महानगरपालिकाले जनाएको छ।