
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मान्छेको पहिचान ‘असल हो कि खराब हो’ भन्नेबाट हुने बताएका छन् ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ द्वारा आयोजित पूर्वजिल्ला सभापति वासुदेव शरण कोइरालाको शोकसभालाई सम्बोधन गर्दै डा= कोइरालाले मान्छेको पहिचान उसको व्यवहारले निर्माण हुने बताएका हुन् । बीपी कोइरालाले आफ्नो लागि भन्दा जनताका लागि केही गरौँ भन्ने भावना भएकाले अहिलेसम्म पनि उनको स्मरण गरिरहेको उनको भनाई छ ।
मान्छेले समाजका लागि जति राम्रो काम गर्न सक्यो त्यति नै प्रसिद्धि कमाउने डा. कोइरालाको भनाई थियो । उनले वासुदेव शरण कोइरालाले पनि आफ्नो लागि नभई राजनीति, समाजसेवा गरेर जीवन अरूका लागि समर्पण गरेको बताए ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, उर्मिला थपलिया नेपाल तरुण दलका केन्द्रीय सदस्य भरत खड्काको समेत उपस्थिति रहेको थियो ।







Facebook Comments