.jpeg)
काठमाडौँ । काठमाडौंस्थित विष्णुमती नदीको जलसतह सतर्कता तह आसपास पुगेको छ ।
शुक्रबार दिउँसो ३:५० बजे विष्णुमती नदीको गोंगबुस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले नदी किनारको बाटोबाट यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अहिले काठमाडौं, नुवाकोट, नवलपरासी, जुम्ला, सिन्धुपाल्चोकसहित देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।







Facebook Comments