काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राखेकाे विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरेकाे हाे ।

जसअघि सांसदहरूले राख्नुभएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले विधेयक सरकारले प्रस्तुत गरेको भन्दा उन्नत, व्यवहारिक, पारदर्शी बनाएर संसद्ले अघि बढाएको बताए ।

विधेयक पारित गरेर आफूहरूले ऐतिहासिक प्रस्थान गरेको उनले जिकिर गरे । आमा पनि वंश हो भन्नेकुरा व्यवहारिक स्थापना गरेको उनकाे भनाइ थियाे ।