काठमाडौँ । बक्यौता माग्दै किसानहरू उखु बोकेरै राजधानीको माइतीघरमा धर्नामा बसेका छन् । प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आइतबारदेखि धर्नामा बसेका हुन् ।

आर्थिक वर्ष ०८१/०८२ को उखुको बक्यौता भुक्तानी हुनुपर्ने उखु उत्पादक महासंघ नेपालको भनाइ छ ।

आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ ।

अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू सांकेतिक रूपमा उखु बोकेरै माइतीघर मण्डलामा भेला भएका छन् ।