
काठमाडौँ । हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत कोषले दिएको जानकारीअनुसार मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइएको छ ।
सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसला निर्देशानुसार उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ ।
दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने कोषले जनाएको छ । साथै, अदालतको आदेश कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न पनि कोषले अपिल गरेको छ ।
पार्किङका व्यवस्था यसप्रकार छन् :
तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र – भक्तजनका सवारी साधन
सिफल चौरको खाली स्थान – भक्तजनका सवारी साधन
गुह्येश्वरी पारीका खाली स्थान – भक्तजनका सवारी साधन
पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर र अमालकोट कचहरी परिसर – कोषका आफ्ना सवारी साधन तथा पर्वसँग सम्बन्धित निकायका सवारी साधन
भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारी साधन मात्र







Facebook Comments