
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।
मंगलबार भट्टराईले उखु किसानले आन्दोलन गर्दै आएको माइतीघरमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आइतबारदेखि भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।
यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।
उनीहरूले आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् ।







Facebook Comments