
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको लापरबाही स्वीकार्य नहुने चेतावनी दिएका छन् । उखु किसानको आन्दोलनलाई समर्थन गर्न पुगेका अध्यक्ष नेपालले किसानहरूको जायज माग सम्बोधन गर्न माग गरे ।
उनले भने, ‘हामी तपाईँहरूको साथमा छौँ । सरकारको लापरबाही स्वीकार्य छैन । किसानले न्याय पाउनपर्छ । उखु किसानको कुरा मात्रै होइन, सिङ्गो देशको अर्थतन्त्र अगाडि बढाउन, रोजगारी बढाउन, युवाहरूको विदेश पलायन रोक्न देशमा उद्योग खोल्नुपर्छ ।’
उनले आफू प्रधानमन्त्री हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरू गरेको स्मरण गरे ।
उनले थपे, ‘चुरेको किनारमा पोखरी र ताल बनाएर पानी जम्मा गर्ने र तराईका जमिनमा पानीको सतहलाई माथि उठाउने र जमिनलाई सिँचाइयोग्य बनाउने, कृषिलाई आधुनिकीकरण गर्ने र उत्पादनलाई सरकारले किन्ने सुनिश्चित गर्नुपर्छ। ’
उनले अनावश्यक भवन बनाएर अर्बौँ खर्च गर्नुभन्दा किसानलाई अनुदान दिएर उत्पादन बढाउनुपर्ने बढाउनु लाग्नुपर्ने सुझाए ।







Facebook Comments