
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताका आधारमा नभइ आफैँले न्यायाधीश छान्ने भएका छन् ।
प्रधानन्यायाधीश राउतले बुधबार बिहान सर्वोच्च अदालतमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानन्यायाधीशले नै न्यायाधीश तोक्ने व्यवस्था कायम गरिएको बताएका थिए । यसअघि संवैधानिक इजलास गठन प्रक्रियामा विवाद देखिएको थियो ।
आज संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा रहेका छन् । यसअघि वरिष्ठताका आधारमा गठन गरिँदै आएको थियो ।







Facebook Comments