काठमाडौं । पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरी उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया आएका थिए । अस्पतालमा दैनिक सात जना भन्दा बढी झाडापखलाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।

वीरगञ्जमा हैजा प्रकोप : संक्रमित संख्या १०० नाघ्यो
वीरगञ्जमा हैजा संक्रमित संख्या ११५ पुग्यो

वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ११५ पुगेको छ ।

मंगलबार साँझदेखि बुधबार बिहान १० बजेसम्म थप १ जनामा हैजा संक्रमण पुष्टि भएको हो । मंगलबार साँझसम्म ११४ जनामा हैजा संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार बिहानसम्म झाडापखला र हैजाका २२७ जना बिरामी निको भएर घर फर्किएका छन् ।

शुक्रबारयता ४९३ जना झाडापखलाका बिरामी उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका थिए । महाशाखाका अनुसार ३८ जना आईसीयूमा र ३ जना  बिरामी एचडीसीयूमा उपचाररत छन् ।