
काठमाडौँ । नेकपा (एमाले)का नेता ऐन महर पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भोटाहिटीबाट पक्राउ गरेको हो ।
ब्युरोका एसपी दीपकराज अवस्थीले पीडितले दिएको निवेदनका आधारमा महरलाई पक्राउ जानकारी दिए ।
उनका अनुसार, महरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।







Facebook Comments