-1756366963.jpg)
काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । आज महासंघको टोली ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा दुई घण्टा धर्ना दिएको हो ।
धर्नापछि महासंघले एमालेका महासचिव शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।
यसअघि, महासंघले बुधबार सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । शुक्रबार नेकपा माओवादी केन्द्र० केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम छ ।
प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा आफूहरूका माग समेट्नुपर्ने उनीहरूको माग छ ।
विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको छ ।







Facebook Comments