
कैलाली । कैलालीको गोदावरी नगरपालिका ९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन गएका ४ जना किशोरको डुबेर ज्यान गएको छ ।
उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।
१७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।







Facebook Comments