
काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग राख्दै नेपाल शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएको छ ।
आज महासंघको टोली पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा पुगेर धर्ना दिएको हो । महासंघले बिहीबार, नेकपा एमाले र बुधबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो ।
प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा आफूहरूका माग समेट्नुपर्ने उनीहरूको माग छ । विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको छ ।







Facebook Comments