
काठमाण्डाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा ‘सबै नेता उस्तै, सबै पार्टी उस्तै’ भन्ने गलत भाष्य स्थापित भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार नेकपा एसनिकट समाजवादी प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष नेपालले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
‘नेपालमा एउटा भाष्य छ–सबै नेता उस्तै हुन्। सबै पार्टी उस्तै हुन्। जसले जिम्मा पाए पनि गर्ने कोही होइनन्,’ अध्यक्ष नेपालले भने, ‘कसले गर्छ त? नेपालका मान्छेले नगरे के विदेशी आएर गर्छन्? हामीले नगरेर के कोही अरूले गर्छन् ? सिद्धान्त र आदर्शप्रति समर्पित भएकाले नगरेर के सिद्धान्त र आदर्श नभएकाले पार लगाउँछन्?’
नेपालमा केही पनि नभएको र नगरिएको भन्ने कुरा गलत रहेको उनले बताए। उनले भने, ‘भएको पनि छ, गरिएको पनि छ। गर्न सक्ने खुबी, क्षमता पनि छ।’ तर यस कुराको प्रचारप्रसार हुन नपाएको अध्यक्ष नेपालले बताए। ‘त्यो गलत भाष्यको खण्डन हुन सकेको छैन। सप्रमाण खण्डन हुन सकेको छैन,’ उनले भने।







Facebook Comments