
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू समुदाय र मुस्लिम समुदायबीच झडप भएको छ ।
मुर्ती विसर्जनको लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा दुई समुदनयबीच विवाद उत्पन्न हुँदा दुवै पक्षबीच ढुङ्गा मुढासँगै झडप भएको हो ।
झडप नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।
अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
झडपमा घाइते भएकाको विवरण अहिलेसम्म प्रहरी समक्ष नआएको डिएसपी सिंहले बताए ।







Facebook Comments