काठमाण्डौ । नौगाडबाट गोकुलेश्वर जादै गरेको अटोरिक्सा नौगाड नदीमा खसेर तीन जना वेपत्ता भएका छन् । नौगाड गाउपालिका–५ सौकेबगर नजिकबाट दिउसाे सवा १ बजे म१ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला वेपत्ता भएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना सवारी अटो सहित नदीमा खसेर वेपत्ता भएका छन् । अटो उल्टो अवस्थामा बीच नदीमा रहेकोले उद्धारमा समस्या भएको दार्चुलाका प्रहरी प्रमुख प्रकाश दाहालले बताए । उनले अटोमा सवार चालक मनिराम भुल र उनका छोरा घाइते अवस्थामा रहेका छन् । अटोचालक सख्त घाइते भएकाले महिलाहरुसित अरु बच्चाहरु पनि हुन सक्ने अनुमान गरिएको छ 
प्रहरीका अटोमा सवार ५ जनामध्ये अटो चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको  छ । उनका १७ वर्षिय छोरा आयुस भुल घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । अटो सडकबाट झण्डै ५० मिटर तल खोलामा परेको पनि बताइएको छ । बेपत्ताहरुको पहिचान खुल्न सकेको छैन ।
नदीमा वेपत्ता तीन जनाको खोजिकार्य भइरहेको डिएसपी दाहालले बताए । उद्धारलाई प्राथमिकतामा राखेर उद्धारका लागि होपरि प्रहरी चौकी, गोकुलेश्वर, लटिनाथ इप्रका र बचालमा तैनाथ सशस्त्र प्रहरीले गरिरहेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिहेको जनाएको छ ।