काठमाडौँ । यही भदौ २२ गते आइतबार (भाद्र शुक्ल पूर्णिमाका दिन) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्दै छ ।

ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने छ भने काठमाडौँबाट साढे ३ घण्टा चन्द्रग्रहण देखिने छ ।

यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।