
काठमाण्डाैँ । दार्चुलामा अटोरिक्सा दुर्घटनामा परी वेपत्ता भएका व्यतिहरुको पहिचान खुलेको छ । सोमबार दिउसो करिव साढे १ बजेतिर नौगाड गाउपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा नौगाड गाउपालिका–६ डाडाकी १२ वर्षिय आरुसी धामीको मृत्यु भएको छ । उनीसंगै अटोरिक्सामा सवार अन्य दुई जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका अनुसार अटोरिक्सामा सवार मृतक आरुसीकी हजुर आमा ४७ वर्षिय चाखुरी देवी धामी र १७ वर्षिय भागा धामी वेपत्ता भएका छन् । अटोमा चालक सहित पाच जना सवार सो अटोमा अटो चालक मनीराम भुलका १७ वर्षिय छोरा आयुष भुल घाइते भएका छन् । उनको दाया हात भाचिएको छ । घाइते आयुषको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको दार्चुलाका प्रहरी डिएसपी प्रकाश दाहालले बताए ।
चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन् । वेपत्ता चाखुरी र भागाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नौगाड गाउपालिकाको केन्द्र होपरीगाडबाट मसेनीबगरतर्फ जादै गरेको अटोरिक्सा सडकबाट अन्दाजी ५० मिटर तल नौगाड खोला (नदि)मा खसेको थियो ।







Facebook Comments