
बुटवल । जनमत पार्टीले रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
जनमत पार्टीका राष्ट्रिय सचिव भूपेन्द्र यादवले पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए। रुपन्देही सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए।
केही समयअघि उनी नागरिक उन्मुक्ति पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए। चौधरीलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले रुपन्देही आगमनका क्रममा पार्टी प्रवेश गराएका थिए।







Facebook Comments