_05MpnaJ4bx.jpg)
काठमाडौँ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेको नेतृत्वमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मंगलबार दिउँसो बसेको छ ।
उनी सभापति भएपछि समितिको बैठक पहिलो पटक बसेको हो । उनी भदौ ११ गते सभापतिमा निर्वाचित भएकी थिइन् ।
न्यौपानेले आजको बैठकमा हालसम्मका कामकारबाहीको समीक्षा हुने जानकारी दिइन् । ‘बैठकमा समितिका हालसम्मका कामको समीक्षा गर्ने र निवर्तमान सभापति रामहरि खतिवडालाई धन्यवाद दिने कार्यसूची छ,’ सभापति न्यौपानेले रातोपाटीसँग भनिन् ।
यसअघिका सभापति रामहरि खतिवडा कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।
समितिमा नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक विचाराधीन छन् । समितिमा रहेका ७२ भन्दा धेरै उजुरीमाथि बैठक बस्न नसक्दा छलफल हुन सकेको छैन ।







Facebook Comments