काठमाडौँ । यस वर्षको दसैँमा बस सेवाले 'बस सेवा' मोबाइल एप्लिकेसन र बससेवाडटकमबाट बस तथा हवाई जहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ। अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँच जनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो।

यस्तै, बस सेवाले १५ भदौदेखि नै बस तथा हवाई जहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ। यात्रुहरूले ११ असोजसम्म बुकिङ गर्न सक्ने छन्। बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ। बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उनको भनाइ छ।

बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ। एक दशकभन्दा बढी समयदेखि सेवारत बस सेवाले यस पटकदेखि हवाई जहाजको टिकट समेत उपलब्ध गराएको छ। हवाई सेवा पुगेका सबै जिल्लाका उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ।  

स सेवाबाट टिकट काट्नेमध्ये सय जनालाई फ्रि टिकट

१५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेब साइट (बससेवाडटकम)मार्फत टिकट काट्ने यात्रुहरूलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ। यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सय जनालाई निःसुल्क टिकटको व्यवस्था, पाँच जनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ।

के हो बस सेवा?

बस सेवा अनलाइनबाट बस/हवाई जहाजको टिकट उपलब्ध गराउने सहज माध्यम हो। बस सेवाको मोबाइल एप आफूलाई मनपर्ने बस र सिट रोजेर सजिलै टिकट काटी यात्रा गर्न सकिन्छ।

बस सेवाबाट टिकट किन काट्ने?

–समय र खर्च दुवैको बचत गरी मोबाइलबाटै टिकट काट्न सकिने।

–बसमा उपलब्ध सेवा र शुल्क दाँजेर आफूलाई मनपर्ने बसमा यात्रा गर्न सकिने।

–काउन्टरकै दरमा टिकट उपलब्ध हुने र बस सेवाका विभिन्न अफरको लाभ उठाउन सकिने।