
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनको तर्फबाट सत्तारुढ दल नेकपा एमालेलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमाले दलको कार्यालयमा पुगेर विद्यार्थी संगठनका नेताहरूले मुख्य सचेतक महेश बर्तौलालाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयकमा विद्यालयीय शिक्षाको सबलीकरणका लागि भूमिका निर्वाह गरिदिन माग गरेका छन् ।
ज्ञापन पत्र बुझेपछि बर्तौलाले सरकार विद्यालय शिक्षाको सबलीकरणको पक्षमा रहेको र आउँदै गरेको ऐनमा यसबारे विशेष ध्यान दिइने विषयमा विश्वस्त रहन गरे ।हिजो कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई विद्यालय शिक्षा विधेयकलगायतका शैक्षिक मुद्दाहरू समेटेर १७ विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका थिए ।







Facebook Comments