काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको एकता कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरेका हुन् ।

उनीहरूले नागरिक जनमत पार्टी जिन्दाबाद, रेशम चौधरीलाई रिहा गर भन्दै सरकारको विरुद्धमा नारा लगाएका छन् । आज कार्यक्रमस्थलबाट नै रेशम चौधरी पक्राउ परेसँगै एकताको कार्यक्रम स्थगित भएको छ।

पार्टीका नेताले सरकारले मधेस र थारूहटलाई एक ठाउँ आउन नदिनको लागि यो चाल चलेको आरोप लगाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गर्ने गरी पार्टीले सूचना जारी गरेको थियो ।