
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अस्तव्यस्त बनेको छ । टावरमा समस्या आएका कारण केही समय उडानमा समस्या आएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।
उनले भने,'टावरमा टेक्निकल समस्या आएका कारण केही ढिलाइ भएको हो, सबै उडान ठप्प भएका चाहिँ होइनन् ।फूल फ्लेजमा काम हुन नसकेको हो । पूर्णरुपमा उडान भर्न नसकिएको हो । अहिले सञ्चालन भइसकेको छ।'
टावरमा समस्या आएका कारण आधा घण्टा उडान र अवतरणमा केही ढिलाइ भएको शेर्पाले बताए।







Facebook Comments