
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आन्दोलन जारी राखेको हो ।
सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो । विभिन्न चरणमा वार्ता हुँदा पनि शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन।
काठमाडौंको बिजुलीबजारमा आन्दोलनका लागि आएका शिक्षकहरूले शिक्षकको माग पूरा गर,विद्यालय शिक्षा ऐन जारी गरलगायतका नारा लगाएका छन् । प्रदर्शनमा उत्रिएका शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले रोकेको छ ।
गत चैत्र २० गतेदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। सत्ता गठबन्धनले भने आज भोलिमै शिक्षकहरुसँग सहमति जुट्ने बताएको छ ।







Facebook Comments