
काठमाडौँ । सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले निर्णय गरेलगत्तै मन्त्रालयले सूचना जारी गरेको छ । समय सीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही समयदेखि पुन: सक्रिय गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सर्वोच्चको अदालत अवहेलनासम्बन्धी मुद्दामा दिएको आदेशअनुरूप सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गर्नुपर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ ।
उक्त आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्को भदौ ९ गते निर्णय गर्दै, ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सूचीकरण गर्न सात दिनको समयसीमा दिएको थियो । सोअनुसार भदौ १२ गते सार्वजनिक सूचना जारी गरिएको थियो ।







Facebook Comments