काठमाडाैँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू वर्ल्डलिंकबाट नचल्ने कम्पनीले जनाएको छ । वर्ल्डलिंकले दर्ता नभएकाहरूमा आफ्नो इन्टरनेट सेवामार्फत पहुँचयोग्य नहुने जनाएको हो ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दूरसञ्चार प्राधिकरणले अदालतको आदेश, सरकारको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशिकाअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब वर्ल्डलिंकमा नचल्ने स्पष्ट पारेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै वर्ल्डलिंकले भनेको छ, ‘सरकारको निर्णयअनुसार वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न सकिने छैन ।’