काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको छ ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याएका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे ।

ओलीले यसो भनिरहँदा महाधिवेशन स्थलमा विद्या भण्डारीको सन्देश लेखिएका चिठी वितरण भइरहेका छन् । आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य रहेको चिठी बाँड्नेहरूले बताएका छन् ।