
काठमाडाैँ । सूचीकरणका लागि सामाजिक सञ्जाल एक्स (ट्वीटर) सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएसँगै एक्स सरकारको सम्पर्कमा आएको हो ।
एक्सको सिंगापुरस्थित कार्यालयले शुक्रबार सञ्चार मन्त्रालयमा इमेलमार्फत् आधिकारिक पत्र पठाउँदै सम्पर्कमा आएको हो । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले एक्सबाट इमेल प्राप्त भएको जानकारी दिए । सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको छ ।
मन्त्रालयले एक्सलाई जवाफ पनि पठाइकेको छ । पठाएका विवरणसहित सूचीकरणका लागि निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्ने उनले बताए । तर फेसबुकबाट भने अहिलेसम्म आधिकारिक पत्राचार नभएको ठाकुरले जानकारी दिए । यसबाहेक अन्य सामाजिक सञ्जाल प्लृेटफर्महरू पनि सम्पर्कमा आएका छैनन् ।







Facebook Comments