
काठमाडौं । अहिलेसम्म ९० वटा इन्टरनेट सेवा प्रदायक संस्थाले फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नेपाल दुरसञ्चार प्राधिकरणले गराएको जानकारी अनुसार अहिले दिउसो २ बजेसम्म ९० वटा इन्टरनेट सेवा प्रदायक संस्थाले सरकारले निश्क्रिय गर्न निर्देशन दिएका सामाजिक सञ्जाल निश्क्रिय गराएका हुन् ।
मन्त्रालयका सहसचिव एवम प्रवक्ता गजेन्द्र ठाकुरले भने, भर्खरै मात्रै नेपाल दुरसञ्चार प्राधिकरणसँग मेरो कुराकानी भएको थियो । प्राधिकरणका अनुसार हिजो साँझ २ वटा इन्टरनेट सेवा प्रदायक संस्थाले सरकारले निश्क्रिय गर्न भनेको सामाजिक सञ्जाल निश्क्रिय गराएका थिए । अहिले दिउसो २ बजेसम्म ९० वटा सेवा प्रदायक संस्थाले निश्क्रिय गराएका छन् ।
नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार अहिलेसम्म प्राधिकरणबाट १०८ वटा इन्टरनेट सेवा प्रदायक संस्थाले अनुमति लिइका छन् । सामाजिक सञ्जाल बन्द गर्नका लागि प्राधिकरणले विभिन्न ठाउँमा अनुगमन टोली नै खटाएको छ भने इन्टेरनेट सेवा प्रदायसँग निन्तर बैठक तथा छलफल गरिरहेको उनले बताए ।







Facebook Comments