ललितपुर । शुक्रबारदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल आज शनिबार सकिएको छ।

२१२६ प्रतिनिधिलाई नौ वटा समूह बनाएर अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथी छलफल गराइएको थियो।

समूहमा धेरैलाई बोल्न दिइएको थिएन। यस्तै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत प्रस्तुत गर्न नदिइए पनि प्रतिनिधिलाई वितरण भने गरिएको थियो।
अहिले ९ वटै समूहको छलफल सकेर भित्र सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ। अब प्रतिनिधिहरूले दिएको सुझावलाई भोलि बस्ने बैठकमा समूह संयोजकले प्रस्तुत गर्नेछन्।

एमालेको शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन सुरु भएको हो