काठमाण्डाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएस (एनएमए)बीच व्यावसायिक सम्झौता भएको छ। दुई संस्थाबीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्यले सो सम्झौता भएको हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसनतर्फ अध्यक्ष डा. अनिल विक्रम कार्कीबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको छ।

यसमार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ।

सम्झौताअनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरी बैंकको २७५ वटा शाखाहरुमार्फत  प्रोफेसनल बचत खाता खोली १० लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।