
काठमाण्डाैँ । सत्तारुढ नेकपा एमालेको जारी विधान महाधिवेशले अघि बढाएको उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने विषयमा गलत प्रचार भएको एमाले प्रचार विभागले जनाएको छ ।
महाधिवेशनमा भइरहेका छलफल र गतिविधिको जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चार माध्यममा गलत सूचना प्रवाह भएको बताए ।
बैठकमा उठेका विषयको जानकारी दिँदै गौतमले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको बताएको गौतमले जानकारी दिए । गौतमका अनुसार ढुंगेल नेतृत्वको समूहमा केहीले दुवै प्रावधान नहटाउन पनि सुझाएका थिए ।
यता कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरेको बताएको गौतमले जानकारी दिए ।
छलफलका क्रममा सातै प्रदेशसहित १० समूहका नेताले भावि पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेस भएको गौतमले बताए ।







Facebook Comments