काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित भएका छन्।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज बिहानैदेखि बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। हल्का वर्षा र आकाश धुम्मिएकोले विभिन्न गन्तव्यका लागि निर्धारित उडानहरू ढिलो हुन पुगेका छन्। यात्रुहरू विमानस्थलमा उडानको प्रतीक्षामा रहेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी बागमती, कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।