
काठमाडौँ । आज माइतीघरमा बसेको जेन जीका युवाहरुको बैठकले भोलि भदौ २४ गते हुने आन्दोलनको सेड्यूल तयार गरेको छ । तालिकाअनुसार भोलि बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला हुनेछन् ।
माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम राखिएको छ । आन्दोलनमा कसैले पनि सम्बोधन भने गर्ने छैनन् । बैठकमा सहभागी एक सदस्यले भने, ‘आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ । तर, स्रष्टाहरु २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।’
नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् । बिनासर्त सामाजिक संजाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारिएको छ । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् ।







Facebook Comments