काठमाडौं । आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाले आफ्नै थातथलोमा लिनसक्ने छन्।

‘स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संशोधन आवश्यक थियो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई बढी व्यवहारिक र सहज बनाउन यसले भूमिका खेल्नेछ।’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन्।

यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्थ्यो। । हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन्। अब संशोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ। यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको छ।