_tPQj0VqbaN.jpg)
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् ।
माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढेका हुन् । उनीहरुको केहीबेर प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो ।
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचार तथा बेथितिको विरोधमा जेनजी पुस्ता सोमबार सडकमा उत्रिएको हो।
हजारौँ युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा स्कुल, कलेजका ड्रेस लगाएर प्लेकार्डसहित उपस्थित भएका थिए ।







Facebook Comments