काठमाडौँ । काठमाडौँको अनामनगरस्थित हनुमानथान हुँदै सिंहदरबारको गेटतर्फ आउने सडकमा सवारीमा रोक लगाइएको छ। अहिले सिंहदरबार क्षेत्रमा सेना परिचालन गरिएको छ।

माइतीघरतर्फबाट भने सवारी अनामनगरतर्फ जान दिइएको छ। काठमाडौँमा जेनजीको प्रदर्शन उग्र बनेसँगै सिंहदरबारसहितका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।

प्रदर्शनमा १ जनाको निधन भइसकेको छ। प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।