
काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकाप स्थित लेखकको घरमा तोडफोड र आगजनी प्रयास भएको प्रदर्शनस्थलमा रहेका पत्रकार रोशन दानीले बताए ।
उनले भने, ‘अहिले प्रदर्शनकारीहरूले घरमा तोडफोड गरिरहेका छन् ।’ काठमाडौँको नयाँ बानेश्वर र इटहरीमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि लेखकले सोमबार राजीनामा दिएका थिए ।







Facebook Comments