
काठमाडौँ । भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि त्यसको विरोधमा आज बिहानैदेखि काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ । सरकारले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाए पनि त्यसको बेवास्ता गर्दै मानिसहरू सडकमा उत्रिएका हुन्।
नयाँ बानेश्वर, जोरपाटी, कलङ्की, बालाजु, बसुन्धरा, गोङ्गबु र सामाखुसी क्षेत्रमा मानिसहरूले स्वतःस्फूर्त रूपमा विरोध प्रदर्शन गरिरहेका छन्। विशेष गरी गोङ्गबु, सामाखुसी र बसुन्धरा क्षेत्रमा युवाहरूको बाक्लो उपस्थिति रहेको छ। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच विभिन्न स्थानमा झडप भएको छ।







Facebook Comments