काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा लागेको आगो नियन्त्रणको प्रयास भएको जानकारी दिए । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी भएको हो ।