
काठमाडौँ । नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ। तीनकुनेबाट बानेश्वरतिर आइरहेका आन्दोलनकारीसँग नेपाली सेना र सशस्त्र प्रहरीले चलाउने अटोमेटिक राइफल देखिएको हो ।
भिडमा देखिएका ती युवकले हातमा बोकेको बन्दुक तेर्साउँदै नारा जुलुस गरिरहेका छन् । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रदर्शनकारीले बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालय जलाइसकेका छन् । उनीहरू अहिले संसद् भवन परिसरमा पस्ने कोसिसमा छन् ।







Facebook Comments